२४ भदौ २०८३, बुधबार | September 10, 2026

नौबस्ता औद्योगिक क्षेत्रको निर्माणस्थलबाट सिमांकन गर्दै अतिक्रमण हटाउन सुरु



नेपालगन्ज । बाँकेको नौवस्तास्थित औद्योगिक क्षेत्र निर्माणस्थलको अतिक्रमण हटाउन सुरु गरिएको छ । गत बिहिबारको सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार आजबाट अतिक्रमण हटाउने र सिमांकन गर्ने कार्य सुरु गरिएको हो ।

औद्योगिक क्षेत्र भित्रको सिमांकनमा परेका घर टहरा हटाउँदै बाटो निर्माणको काम पनि आजैबाट सुरु गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा लुम्बिनी प्रदेश स्तरीय नौवस्ता औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय भएपनि विवादका कारण वषौंदेखि औद्योगिक क्षेत्र निर्मा(ाको काम सुरु हुन सकेको थिएन । जग्गा सिमांकन गर्न खोज्दा यसअघि औद्योगिक क्षेत्रको नाममा लागत कट्टा गरिएको जग्गामा बसोबास गर्दै आएका स्थानीयले विवाद गर्दै अवरोध गरेका थिए ।

औद्योगिक क्षेत्रको जग्गा सिमांकनमा विवाद उत्पन्न भएपछि गत बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले सोमबारबाट जग्गा सिमांकन गर्ने सहमती गरेको थियो । बैठकले यसअघि भएको सहमति बमोजिम करिव ५५ विगाहा जग्गा छाडेर बाँकी जग्गामा औद्योगिक क्षेत्रको काम कानुन बमोजिम गर्ने निर्णय गरेको थियो ।

जग्गाको सिमांकन स्वरुप सोमबार मानव बस्ती र औद्योगिक क्षेत्रको जग्ग्गाको बीचबाट बाटो खोल्न दुई वटा जेसिबी प्रयोग प्रयोग गरेर अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरिएको छ ।

औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले सर्बदलिय र सर्बपक्षीय निर्णय अनुसार खाली गराउन सुरु गरिएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ६ : ३४ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको