२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

नेपालगन्जमा नमुना युवा नगरसभा अभ्यास कार्यक्रम



नेपालगन्ज । नेपालगन्जमा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल बाँकेको आयोजनामा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम आजबाट सुरु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका, एसडिएफ बाँकेलगायतको सहकार्य र सहयोगमा सोमवारदेखि सुरु भएको कार्यक्रम बुधवारसम चल्ने आयोजकले जनाएको छ । उद्घाटन सत्र कार्यक्रमको पहिलो सत्र सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक प्रधान÷सम्पादक कृष्ण बहादुर जिसीले युवा नेतृत्वमा हुनुपर्ने गुण, अनुसाशन, लगनशिलता, प्रेरणादायी, मुल्याङकन, आत्मबल, लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण दिएका थिए । यस्तै कार्यक्रममा नेपालमा नमुना युवा संसदको अवधारणा र अभ्यासबारे बालअधिकारकर्मी साहिल अन्सारीले प्रशिक्षण दिएका छन् ।

युवाको हातमा नेतृत्व, समृद्ध नेपालको सुनिश्चितता भन्ने मुल नाराका साथ सुरु भएको नमुना युवा नगर सभा अभ्यास कार्यक्रमको अध्यक्षता नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल नेपालगन्जका अध्यक्ष आनन्द कुमार बर्माले गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका, नरैनापुर गाउँपालिकाका ४० बढि युवाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ४७ बजे

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौ । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८