३० भदौ २०८३, मंगलबार | September 16, 2026

२३ औं तिलोत्तमा गोल्डकप : अन्तिम चारको टुगो



बुटवल । रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा मच्छिन्द्र एफसी अन्तिम चारमा स्थान बनाएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा सोमबार भएको खेलमा अडोर्न गडवा स्पोर्टिङ क्लब भारतलाई १-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा स्थान बनाएको हो ।

मच्छिन्द्र एफसीले दोस्रो सेमीफाईनलमा चर्च ब्याईज युनाईटेडसंग बिहिबार खेल्ने छ । पहिलो सेमीफाईनल खेलमा विभागिय शसस्त्र प्रहरी बलको एपीएफ क्लब र संकटा क्लबका बिचमा बुधबार खेल हुने छ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरे। अडोर्नका विष्णु क्षेत्रीले वन भर्सेज वनमा मच्छिन्द्रका किपर बिट हुदा खाली पोष्टमा गोल गर्नबाट चुके। पहिलो हाफ गोलरहित बराबरी खेलेको मच्छिद्रले दोस्रो हाफ आक्रमक खेल्यो ।

खेलको ९० औं मिनेटमा राजिव लोक्चनले विजयी गोल गरे । खेलको अतिरिक्त समयमा बिमलले राम्रो अवसर गुमाए। खेलमा मच्छिन्द्रका लोक्चन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : २४ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज