२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नरैनापुरमा आगलागी, १७ घर जले, आगलागीको मौसम सुरुहुँदा पालिकाको दमकल ग्यारेजमा



नेपालगन्ज । बाँकेको नरैनापुरमा आगलागी भएको छ । पालिकाको वडा नम्बर ४ मा आगलागी हुँदा १७ वटा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

स्थानीय जुमै खाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिएको प्रहरीले जनाएको छ । खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिका र कोहलपुृर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए । खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुश्किल परेको सशस्त्र प्रहरी उपरिक्षक चन्दले बताए ।

मंगलबार दिउँसो करिव २ः३० देखि सुरु भएको आगलागी केहीबेर अगाडि नियन्त्रणमा आएको नरैनापुर(४ का वडाअध्यक्ष मनोजकुमार शर्माले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट नष्ट भएका घरभित्र राखिएको अन्नपात, भाडा बर्तन, लुगा लत्ता जलेर नष्ट भएको छ । आगलागीबाट झन्डै ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

आगलागी नियन्त्रणका लागि नेपालगन्ज र कोहलपुरबाट दमकल पठाइएको थियो । आगलागीको मुख्य मौसमका बेला नरैनापुर गाउँपालिकाको दमकल भने बिग्रिएर थन्केको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागि पीडितलाई बुधबार वडाकार्यालय र गाउँपालिकाले राहत सामाग्री वितरण गर्ने वडा अध्यक्ष शर्माले जनाए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : २६ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर