२४ भदौ २०८३, बुधबार | September 9, 2026

फुलबारीमा नेतृत्वका लागि निर्वाचन, दलहरुले गरे खानेपानीमा राजनीति



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. २ मा स्थित फुलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरु भएको छ । समितिको शनिबार सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेसनसंगै नयाँ नेतृत्वका लागि राजनीतिक दलका उम्मेदवारहरु छट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएपछि बुधबार विहानबाट मतदान प्रक्रियामा शुरु भएको हो ।

निवार्चनमा नेपाली काग्रेस पार्टी, नेकपा एमाले, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, मंगोल अर्गानाईजेसन, राष्ट्रिय जनमोर्चा, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ३ समुह प्यानल बनाई मतदान प्रक्रियामा भाग लिएका छन । कांग्रेस र एमालेको छुट्टाछुट्टै प्यानल रहेको छ भने अन्यदलहरुले कांग्रेस एमालेका उम्मेदवारलाई चुनौती दिँदै बेग्लै प्यानल खडा गरेका छन् ।

समितिको अध्यक्ष पदमा हिक बहादुर दर्लामी मगर, खगिसरा कुवँर गुरुङ र सन्तोष श्रेष्ठको छुट्टाछुट्टै प्यानल बनाई चुनावी मैदानमा उत्रेका हुन् । उपाध्यक्ष पदमा सुधा कुवँर, कमलादेबी नगरकोटी, देवि क्षेत्री कार्की रहेका छन ।

यसैगरि सचिव पदमा भुमिराम पन्थी, कृष्ण प्रसाद पोखरेल, चेतन ठाडामगर, सहसचिवमा ज्यासमिन पौडेल, कुल बहादुर केसी, प्रवेश बिक, कोषाध्यक्ष पदमा केशर बहादुर घर्तीमगर र लिला अर्याल उम्मेदबारी दिएका छन । त्यस्तै सदस्य पदमा शेर बहादुर थामीमगर, विष्णुमाया थापा, कमला राना, सुमनता प्रसाद खनाल, धनमाया नेपाली, शुशिला पौडेल, पार्वती श्रेष्ठ, मेघराज पोखरेल, तीर्थ बहादुर श्रेष्ठ रहेका छन ।

लेखा समिति संयोजकमा बलराम काफले, टिकाराम शर्मा, देविकला थापा तथा सदस्य पदमा थम कुमारी कार्की, ध्रुवराज खनाल, गणेश बहादुर सारु, अर्चना पन्थी उम्मेदबारी परेको प्रमुख निर्वाचन आयुक्त महेन्द्र थापाले बताए ।

मतदान कार्यक्रमको बुटवल उपमहानगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष सुनिल शाक्यले मतदान गरि शुभारम्भ गरेका छन । हाल समितिमा ७ सय ६ जना सदस्यहरु रहेका छन ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ११ : ०१ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको