३ पुस २०८२, बिहिबार | December 18, 2025

बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्ति दिलाउन युवतीहरुलाई सिपमूलक तालिम



नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ ।

प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा सहभागिहरुले तालिममा सिकेका कुराहरुको जानकारी लिनुका साथै उनिहरुको प्रयास र तालिमको अवस्थाको बारेमा पनि बिस्तृत जानकारी लिईएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

अनुगमनको क्रममा लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री नमुनाले युवतीहरूकालागि रोजगारी सिर्जना गर्न उनिहरुलाई यस्तो अवसर प्रदान गर्ने बाँके युनेस्को र प्लान इन्टरनेशनल नेपालको प्रयासको प्रशंसा गरिन् ।

उनले यस्ता सिपमूलक र रोजगारी सिर्जना गर्ने तालिमहरु ग्रामिण क्षेत्रमा बढी भन्दा बढी हुनुपर्ने जनाउँदै त्यसका लागि प्रदेस सरकारलाई आफुले पनि अनुरोध गर्ने बताइन् ।

बाँस हस्तकला तालिममा सहभागि १४ जना युवतीहरूले कुर्सी, टेबल, बस्ने स्टुल, बच्चाको झुला र पूजा गर्ने टोकरी जस्ता विभिन्न बाँसका वस्तुहरू बनाउँदै सो तालिम लिइरहेका छन् । तालिम समापन भएपछि उनीहरूले गरेको उत्पादनलाई बिक्रीको लागि बजारसँग जोडिने कार्य गरिने बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

सो तालिमको उद्देश्य बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्त समाजमा सम्मानजनक जीवन बिताउन युवतिहरुलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्न रोजगारी सिर्जना गर्नु रहेको अध्यक्ष तुलाधरले बताए । उक्त तालिममा विकास चौधरीबाट प्रशिक्षण दिइएको क्लबले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ४ : २९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका