१६ बैशाख २०८३, बुधबार | April 29, 2026

पाल्पामा घटेको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु



तानसेन । पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बगनासकाली गाउँपालिका–७ खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार भट्टराईको आफ्नै घरबाट ३०० मिटर पूर्वतर्फ बारीमा रहेको साँजको घाँस काटिरहेका बेला अचानक रुखबाट खसेर मृत्यु हो ।

प्रनाउ मल्लका अनुसार भट्टराई रुखबाट खसेको स्थानीयले जानकारी गराएलगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा मृत्यु भएको पाइएको छ ।

बिहानै घरबाट घाँस काट्न निस्किएका भट्टराई अबेरसम्म घर नआएपछि परिवार र छिमेकीले खोजी गर्दा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण तिमिल्सेनाले जानकारी दिए । अहिले उनको शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै माछा मार्ने क्रममा ढुङ्गाले च्यापिएर तिनाउ गाउँपालिका–५ चर्चरका लालबहादुर रास्कोटीका १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा आज दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । कालीमाटीस्थित डुम्रे खोलामा माछा मार्न गएका रास्कोटीलाई ढुङ्गाले च्यापेको थियो ।

प्रहरी चौकी प्रभासबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकामा उपचारको क्रममा मृत्यु भएको मल्लले बताए । दुई वटै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १० : ०६ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात