२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

राजन कसजुको नेतृत्वमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन



बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित टाइगर प्यालेसमा आयोजित कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले गतिशिल समय र तीव्र प्रतिस्पर्धाको दुनियामा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीलाई सुझाव दिए। सरकार सम्पूर्ण रुपमा उद्यमीको साथमा रहेको विश्वास दिलाए ।

अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको दाबी गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले युवालाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकामा जोड दिए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउँदै उनले आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउनसमेत आग्रह गरे ।

‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको संख्या ठूलो छ । उनीहरुलाई देशमै उद्यमी बनाउन हौसला प्रदान गर्न आवश्यक छ। सरकारले आगामी बजेटमार्फत युवा प्रोत्साहन गर्ने नीति लिने विश्वास छ’, उनले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्त्वपूर्ण योगदान गरेको बताए । उनले सरकारले युवालाई उच्च प्राथमिकतामा राख्दै सोही अनुरुप नीति बनाएको र बनाउने क्रममा रहेको जानकारी दिए ।

कम्पनी दर्ता घरमै बसेर गर्न सकिने र प्रविधिको प्रयोगलाई बढावा दिइएकाले युवालाई देशभित्रै काम गर्न वातावरण सरकारले बनाइरहेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायन बढिरहेका बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर उद्यमी बन्ने युवालाई धन्यवाद दिइनुपर्ने धारणा व्यक्त गरे ।

उनले उद्योग व्यवसाय ओरालो लागिरहेको, निराशा बढिरहेको र उद्योगी व्यवसायीसमेत पलायन हुने अवस्था सिर्जना हुनु चिन्ताको विषय रहेको औंल्याए । उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकाससँगै देशलाई नै समृद्धि बनाउन सकिने बताए। यसका लागि युवालाई प्रोत्साहन खाँचो रहेको उनको भनाइ छ । उनले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ युवाहरु अघि बढ्न चाहेको बताए ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीलाई प्रोत्साहन, प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सोहीअनुरुपका गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  २ : १० बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन