१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

२३ औं तिलोत्तमा गोल्डकप चर्च ब्याईज युनाईटेड फाईनलमा



बुटवल । रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाईटेड फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा विहिबार भएको दोस्रो सेमीफाईनल खेलमा मच्छिन्द्र एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि दावेदारी पेश गरेको हो ।

चर्च ब्याईजले अब उपाधिका लागि विभागिय टिम एपिएफ क्लबसंग शनिबार फाईनल खेल्नेछ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलको पाच मिनेटमा नै मच्छिन्द्र १० खेलाडीमा सिमित भयो । मच्छिन्द्रका रोशन डोङले चर्चका अरमान बिउडोनलाई लडाए । वन भर्सेज वनमा डिबक्स नजिक गोलका लागि अगाडी बढेका अरमानलाई डोङले पछाडीबाट ट्याकल गरेर लडाएपछि रोशन डोङले रातो कार्ड पाउदै मैदान छोडे ।

लगत्तै पाएको फ्रिकिकलाई रिचार्डले दिशा दिन सकेन । खेलको ३६ औ मिनेटमा चर्च ब्याईजका अरमान बिउडोनले गोल गर्दै खाता खोले । प्रवेश कुवरको क्रसमा अरमान बिउडोनले हेडमार्फत जाली चुमाए । खेलको ४२ औं मिनेटमा क्याप्टेन करिमा ओेमिलाजा नुरिनले चर्चका अरमान बिउडोनलाई डिबक्सभित्र लडाए । लगत्तै पाएको पेनाल्टीलाई अरमान बिउडोनले जाली चुमाए । खेलको ४४ औं मिनेटमा राज भुषालको क्रसलाई अरमानले जाली चुमाउदै आफनो ह्याट्रिक पुरा गरे । खेलको ६५ औ मिनेटमा राज भुषालको कर्नरलाई क्याप्टेन फकुने अबयोमीले डिबक्सभित्रबाट आकर्षक गोल गरे ।

खेलको ७० औं मिनेटमा मच्छिन्द्रका फोडा फोफानालाई चर्चका अजित चौधरीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई सदुपयोग गर्न सकेन । फोफानाको प्रहारलाई चर्चका गोलकिपर विवस चौधरीले रोकिदिए । लगत्तै दुई मिनेटको फरकमा डिबक्सभित्र पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई मच्छिन्द्रले गुमायो ।

लक्ष्मण रुचालको पेनाल्टी प्रहार बारमा लागेर बाहिरियो । खेलको ८९ मिनेटमा वन भर्सेज वनमा मच्छिन्द्रका एलेक्स विलियमले चर्चका गोलकिपर अजित चौधरीलाई बिट गर्दै सान्त्वना गोल गरे । खेलमा चर्च ब्याईजका फकुने अबयोमी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ६ : ३९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले