१ असार २०८३, सोमबार | June 15, 2026

‘नेवाः समुदाय सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा’



काठमाडौँ । नेवाः समुदायले आफुहरु सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेको छ । सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी भएका गतिविधि स्वीकार्य नहुने नेवाः समुदायले उल्लेख गरेको छ ।

नेवाः समुदायका अगुवाहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको बताएका छन् । पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई दमन गरेको उल्लेख गरेका छन् ।

“नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको यस विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिकरुपमा दमन गरेको सर्वविदितै छ”, काठमाडौँको नेवाः समुदायका अगुवाहरु मल्ल के सुन्दर, हितकर वीर सिंह कंसाकार र प्रा डा नरेशमान बज्राचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध नेवाः समुदाय लगायत सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित तथा महिला समुदायको सहभागितामा २०६२/६३ सालमा भएको दोस्रो जनआन्दोलनले नेपालमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको विज्ञप्तिमा उल्लेख छ । नेवाः समुदायका अगुवाहरूले जनतामा रहेको असन्तुष्टिमाथि खेलेर हालैका केही समयदेखि सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी प्रतिगामी शक्ति चलमलाउन थालेको पाइएकाले त्यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

त्यस्ता गतिविधि नियन्त्रण गर्न र सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समाज निर्माणको राष्ट्रिय सङ्कल्पलाई पूरा गरी नेवाः लगायत आमजनताका असन्तोषलाई इमान्दारीपूर्वक सम्बोधन गर्न सरकार तथा राजनीतिक दलहरूलाई नेवाः समुदायले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ९ : ४३ बजे

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का