१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

म्यानमारमा ७.७ म्याग्निच्यूडको भूकम्प : १४४ बढीको मृत्यु, सयौं बेपत्ता



काठमाडौं । म्यानमारमा शुक्रबार गएको ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्पका कारण अहिलेसम्म ज्यान जानेको सङ्ख्या १४४ पुगेको छ । सयौं बेपत्ता छन् भने हजारौं सर्वसाधारण सडकमा अलपत्र परेका छन् । अहिले उद्धार कार्य जारी छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लगातार भूकम्पले भत्किएका घरबाट मानिसलाई बाहिर निकाल्ने काम भइरहेको छ ।

म्यानमारको भूकम्पको धक्का थाइल्यान्ड र चीनमा मात्र नभएर भारतमा महसुस गरिएको थियो। सबै भन्दा धेरै क्षति मान्डल्यका सहरमा भएको छ । भूकम्पपछि मानिसको भाग दौड मच्चिएको थियो। घर भत्किएपछि सडकमा हुनेहरू रोइरहेको दृश्य देखिएको छ ।

घर भत्किएर थिचिएकाले अस्पताल भरिएका छन् । धेरै जना हृदय घातको सिकार भएको जनाइएको छ । डेब्रिसको पहाडी क्षेत्रमा पनि दर्जनौँ मजदुर पुरिएका छन् ।

सङ्कटको समयमा एमनेस्टी इन्टरेनसले राहत वितरणको क्रममा राजनीतिकरण हुने त्रास व्यक्त गरेको छ । पूर्वी तथा दक्षिण पूर्वी एसिया प्याफिककी सह निर्देशकले सो आशङ्का व्यक्त गरेकी हुन् ।

यसैगरी युनिसेफले बालबालिकाको कठिन मानिएको म्यानमारमा यो भूकम्पका कारण थप समस्या उत्पन्न भएको जनाएको छ । युनिसेफको त्यो क्षेत्रका इमर्जेन्सी सल्लाहकार ट्रेभर क्लर्कले सो कुरा बताएका हुन् ।

बैंककको पछिल्लो समाचार अनुसार दुई हजार हजार जनाको अझ उद्धार बाँकी छ । उद्धार कार्यमा संलग्नलाई रातको समयमा ड्रोनबाट खाना वितरण गरिएपछि फ्लोड लाइट अभावका कारण धेरै स्थानमा खोजी कार्य कठिन भएको छ । एक महिलाले सडकमा नै बच्चालाई जन्म दिएकी छिन् । अस्पताल पुग्न नसकेपछि उनले अप्ठेरो अवस्थामा उपचार नपाएकी हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : ३९ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार