२५ श्रावण २०८३, सोमबार | August 10, 2026

पत्रकार महासंघको ७० औँ स्थापना दिवस, देशभर विरोधसभा गरी मनाउँदै



बुटवल । नेपाल पत्रकार महासंघको आज ७० औँ स्थापना दिवस । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।

यस वर्षको स्थापना दिवसमा महासंघले तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरी देशभर शोकसभा तथा विभिन्न विरोधका कार्यक्रमसहित मनाउँदै छ । यसैबीच स्थापना दिवसको अवसरमा रुपन्देहीमा यसअघि तय गरिएका कार्यक्रम स्थगित गरेर विरोध सभा आयोजना गरिएको छ ।

काठमाडौंमा शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्युपछि महासंघले देशभर शोक तथा विरोधसभा गरेर स्थापना दिवस मनाउने भएको हो । राजावादी प्रदर्शनकारीहरुले आन्दोलनका क्रममा एक घरमा ढुङ्गामुडढा तथा आगजनी गरेका थिए भने सोही घरको ४ तलामाथिबाट भिडियो खिचिरहेका पत्रकार रजक उक्त आगोमा परी ज्यान गुमाएका थिए । उनी एभिन्युज टेलिभिजनमा फोटो पत्रकारको रुपमा कार्यरत थिए ।

यसैबीच महासंघ रुपन्देही शाखाले पनि आज विहान ११ बजे बिरोधसभाको आयोजना गरेको छ । संघले यसअघि तय गरेको मिडियाकप फुटसल स्थगित गरी विरोधसभाको आयोजनागरी स्थापना दिवस मनाउने भएको हो । यसअघि तय गरिएको फुटसल प्रतियोगिता भने आइतबारदेखि सञ्चालन गरिने अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : १२ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय