३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा महानगरको ७ लाख ९३ हजारको जरिवाना पुर्जी



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना पूर्वराजा ज्ञानेन्द्र शाहबाट भराउने भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको नाममा महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको छ। एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १-१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रूपैयाँको बिल महानगरपालिकाले निर्मल निवासमा पठाएको हो ।

पूर्व राजा ज्ञानेन्द्रलाई गद्दीमा बसाल्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईको कमाण्डमा काठमाडौंको तीनकुने क्षेत्रमा हिँसात्मक प्रदर्शन भएको थियो । तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा जरिवाना तोकेको हो।

जरिवाना कसलाई तिराउने भनेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले टिममा छलफल गरेका थिए। दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा पुगेपछि ज्ञानेन्द्र शाहकै नाममा पत्र काटिएको महानगरले जनाइको छ । प्रसाईले कमाण्ड सम्हाले लगत्तै पूर्वराजा ज्ञानेन्द्रसँग २ घण्टा छलफल गरेर आन्दोलनकोृ कार्यक्रम तय गरेको प्रसाईले नै बताएका थिए ।

ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन भन्दै शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो। तिनीहरूले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए।

महानगरको टोलीले शुक्रबार र शनिबार गरी क्षतिको विवरण संकलन गरेको थियो। शुक्रबार अबेरसम्म पनि प्रदर्शनकारी उग्र भइरहेपछि महानगर प्रहरी बलसहित कर्मचारीको टोली फर्किएको थियो।

त्यसपछि शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न पुगेको थियो।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ४ : ५२ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा