५ श्रावण २०८३, मंगलबार | July 21, 2026

राजावादीको हिंसात्मक प्रदर्शनमा भएको क्षतिपूर्ति उनीहरुबाटै भराउन समाजवादी मोर्चाको माग



काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते राजावादीहरुले हिंसात्मक प्रदर्शन गर्दा पुर्‍याएको क्षतिपूर्ति उनीहरुबाटै भराउन माग गरेको छ ।

माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको मोर्चाको बैठकले क्षतिपूर्ति उनीहरुबाटै भराउन माग गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका लागि माग गर्ने र गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

उनले भने, ‘यो घटना डिजाइन गरेर जति क्षति भएको छ । सबैको क्षतिपूर्तिका लागि पनि सरकारसँग कुरा गर्नुपर्छ । जो मान्छेले क्षति गरे त्यो मान्छेबाट सरकारले क्षतिपूर्ति भराउनुपर्छ ।’

दरबारिया र प्रतिगामी तत्वहरूले कोटेश्वरमा असाध्यै गैरजिम्मेवार, हिंसक, देशमा अशान्ति र आतंक मच्चाउने गतिविधि गरे भनेर समीक्षा गरियो’, उनले भने ।

बैठकले क्रान्तिका उपलब्धि रक्षा गर्न युवालाई संगठित रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ११ : ४० बजे

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा