२ चैत्र २०८२, सोमबार | March 16, 2026

राजेन्द्र लिङ्देनले भने – युवापुस्ताले गणतन्त्र उल्ट्याउँछ



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्।

उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन्। उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए।

प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए।

उनले नेपाली युवालाई नक्कली भुटानी बनाएर बेच्ने पनि यही व्यवस्थाका पक्षपातीहरूबाट भएको बताए।

उनले राजा हटेपछि नारायणहिटीमा कसले व्यापार सुरू गर्‍यो ? जगजाहेर रहेको भन्दै प्रश्न गरे।

उनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो ? भन्दै प्रश्न गरे। उनीहरूले हत्या-हिंसा गरेको कतै नछिपेको बताए।

उनले चैत १५ गते छतमाथि बसेर गोली र म्याद सकिएको अश्रुग्यास हानिएको बताए। उनले यो घटनामा राज्य जिम्मेवार रहेको भन्दै विश्व समुदाय र मानव अधिकार जमातको ध्यानाकर्षण गराए। उनले न्यायिक छानबिनको माग गरे।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १ : ३७ बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका