३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

राप्रपा सांसद दीपक बोहराको निधन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

उनले ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर-३ बाट बालकृष्ण खाँणलाई पराजित गरेका थिए । कोरोनापछि उनको घाँटीमा समस्या आएको थियो ।  रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

निर्वाचन प्रचारकै बेला अस्वस्थ रहेको बोहोराले प्रचारका क्रममा एक पटक पनि नबोलेरै चुनाव जितेका थिए । उनलाई निर्वाचनमा नेकपा एमालेले सघाएको थियो ।

बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलोचोटि बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रुपन्देहीबाट सदस्य निर्वाचित भएका थिए । उनी ०४३ मा पनि रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

उनी ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा रुपन्देही-२ बाट निर्वाचित भएका थिए । ०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बनेका थिए । त्यसपछि विस्तारै उनी राज्यमन्त्री हुँदै मन्त्री बनेका थिए । उनी ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री बने ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ४३ बजे

एमाले सचिवालय बैठक जेठ २ गते बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ २ गते बस्ने

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौं । जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का

नेप्से परिसूचक १० अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १०

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यका उपकरण प्रदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा