२१ आश्विन २०८३, बुधबार | October 7, 2026

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कुलको औपचारीक उदघाटन



टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको औपचारीक उदघाटन भएको छ ।टोकियोको ओजीमा एक समारोहका बीच स्कुलको उदघाटन भएको हो ।

जापानका लागी नेपाली राजदुत डक्टर दुर्गा वहादुर सुवेदी, जापानका पूर्व मन्त्री तथा प्रतिनिधी सभाका सदस्य हिरोशी हिरागुची, बिश्वविद्यालयका प्रोफेसरलगायतले रिवन काटेर स्कुलको उदघाटन गरेका थिए ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै जापानका लागी नेपाली राजदुत डा. सुवेदीले बिद्यालय परिवारलाई नेपाली राजदुताबास र नेपाल सरकारको तर्फबाट बधाई तथा सफलताको शुभकामना दिए । उनले विदेशी भूमीमा नेपाली पाठ्यक्रममा अध्यापन गराईने बिद्यालय संचालनमा आउनु सकरात्मक पक्ष रहेको भन्दै निरन्तरताको शुभकामना व्यक्त गरे । एसियन ब्रिज ईन्टरनेशनल स्कुलले जापानको नेपाली समाजलाई शिक्षा संगै संस्कृती र सभ्यताको पहिचान गराउने कुरामा अग्रसर हुन आग्रह गरे । राजदुत सुवेदीले बिद्यालय संचालनका लागी आवश्यक नितीगत रुपमा राजदुताबास र नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उदघाटन समारोहमा बोल्दै जापानका पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य हिरोशी हिरागुचीले नेपालको शिक्षा र संस्कृतीको बिकासका लागी आफूले सहयोग गर्दै आएको बताए । उनले नेपालको महान पर्व दशैलाई हिरोसिमामा भएका नेपालीसंग मनाएको स्मरण गर्दै शिक्षामा पनि नेपाली अगाडी रहेको जानकारी दिए ।

बिद्यालय संचालन समितीका अध्यक्ष डा.बलराम श्रेष्ठले शिक्षा लिएको व्यक्तीले कही गएर दुःख नपाउने बताए । उनले जापानमा नेपालीको संङख्या बढ्दै गएको र पढाउने बिद्यालय नपाएको गुनासोलाई सम्बोधन गरी बिद्यालय संचालनमा ल्याएको जानकारी दिए । जापानमा करीब २ लाख ४० हजार नेपाली हुँदा वर्षमा १२ सय बालबालीकाहरु जन्मने गरेको र ति बालबालीकालाई नेपाली पाठ्यक्रममा अन्तर्राष्ट्रिय स्तरको पठनपाठन हुने बिद्यालय कम भएकोले एसियन ब्रिज ईन्टरनेशनल स्कुल संचालन गरिएको उनले बताए । अध्यक्ष श्रेष्ठले अहिले कक्षा ४ सम्म संचालन गरीने बिद्यालय निकट भविष्यमै बिश्वबिद्यालय सम्म संचालन गर्ने बताउदै एसियन ब्रिज ईन्टरनेसनल स्कुलमा पढेको बिद्यार्थी पास भएर निस्कदा सटिफिकेट संगै सिप र क्षमता लिएर निस्कने बताए । त्यस्तो बिद्यार्थी बिश्वको जुनसुकै देशमा गएपनि बिक्न र टिक्न सक्ने भन्दै उनले अभिभावकहरुलाई ढुक्क भएर एसियनमा पठाउन आग्रह गर्नुभयो ।

बिद्यालयका एकेडेमिक डिरेक्टर दुर्गा पौड्यालले कलिला बालबालिकाको सुन्दर भविष्य निर्माण गर्ने जिम्मा आफ्नो काधमा आएको बताइन् । हिजो सम्म बोलेका कुरा अब साच्चिकै कार्यन्वयनको चरणमा आईपुगेका छौं र बोलेका कुरा कार्यन्वयन गर्नेमा प्रर्तिबद्ध छौं । उनले भनिन् ।

समारोहमा टोकियो सिटी विश्वविद्यालयका डीन तथा अनुसन्धान प्राध्यापक होम बहादुर रिजाल, एनआरएनए जापानका अध्यक्ष नबिन न्युरे, प्रर्यटन दुत रामहरी पुडासैनी , पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, जनजाती महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, एनबिए जापानका संरक्षक बिनोद शेरचन, जापानको प्रतिनिधि सभाका सदस्य विशेष केनिची, इबाराकी विश्वविद्यालयका प्राध्यापक मेरिटस मित्सुहिरो नाकागावा, नेपालका लागी पूर्व राजदुत योसियोका हिरोमित्सु ,एसिया एक्योइकु ग्रुपका अध्यक्ष यानो यासुशी लगायतले बिद्यालयलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरि अभिभावक महेन्द्र पिसीले एसियन ब्रिजमा आफ्नो बच्चाको सुन्दर भविष्य देखेको र र आफनो सपनालाई स्कुलले पुरा गर्नेमा आफू ढुक्क भएको बताए । उनले रोजगारीका लागी जापान आएको र छोराछोरीलाई नेपालको शिक्षा संस्कार र संस्कृती एउटै बिद्यालयबाट लिन पाईने हुदा हर्षित भएको भाव व्यक्त गरे

बिद्यालय व्यवस्थापन समितीका सदस्य दिनेस लोहनीले स्वागत गरेको उदघाटन समारोहमा बिद्यार्थीहरुले नेपालको राष्ट्यिता झल्कने खालका गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

उदघाटन समारोहको संचालन जापानी, अग्रेजी र नेपाली भाषामा गरिएको थियो जसको संयोजन कमल बास्तोला, सृष्टी शेरचन र लक्ष्मी पौडेलले गरेका थिए ।

विद्यालयमा जापानमा लामो समयदेखि कानुनी व्यवसायमा आबद्ध रहनुभएका डा. बलराम श्रेष्ठको अध्यक्षतामा गठित विद्यालय सञ्चालक समितिको सदस्यहरुमा दिनेश सिलवाल, दिनेश लोहनी, राजन पन्त, विगेन राजकर्णीकार र मनिराज सिलवाल रहेका छन् ।

नेपालीको १० करोडको लगानीमा संचालनमा आएको उक्त बिद्यालयमा ७० जना सेयर होल्डरहरुको संयुत लगानी रहेको बताईएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : २४ बजे

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र

कांग्रेस १५औँ महाधिवेशन : पहिलो नामावली सार्वजनिक, आज दाबी-विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

एनपिएलका लागि कीर्तिपुर मैदानको स्तरोन्नति अन्तिम चरणमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै

कांग्रेस १५औँ महाधिवेशन : बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना