७ श्रावण २०८३, बिहिबार | July 23, 2026

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सिइओको शपथ



काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसीएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनीयर सागर श्रेष्ठले शपथ ग्रहण लिएका छन् ।

आरपिजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा नियुक्त भएका श्रेष्ठले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण लिएका हुन्।

उनलाई कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथ ग्रहण गराए । उनीलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो ।

शपथग्रहण समारोहमा ऊर्जामन्त्री खड्काले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न प्रसारण लाइनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिए ।

मन्त्री खड्काले कतिपय जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जानुपर्ने अवस्था सिर्जना भएको भन्दै अब त्यस्तो समस्या उत्पन्न हुन नदिनेगरी काम गर्न निर्देशन दिए।

कम्पनीका अध्यक्ष एवं मन्त्रालयका सचिव आचार्यले मन्त्रालयले सार्वजनिक–निजी साझेदारीअन्तर्गत प्रसारण लाइन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न निर्देशन दिए ।

आरपिजीसियलका नवनियुक्त सिईओ श्रेष्ठले मन्त्रालयले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीलाई अगाडि बढाउन आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ८ : २९ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन