२१ भदौ २०८३, आइतबार | September 6, 2026

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न



काठमाडौं । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा यही चैत ३ गतेदेखि सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ ।

तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट गरी २९ जना सम्मिलित थिए ।

तालिमको समापन समारोहमा रक्षामन्त्री मानवीर राईले नेपालको संविधानले निर्देशित गरेको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्नेमा जोड दिए । उनले बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायहरूमा पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै सुरक्षा प्रणालीलाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रधानसेनापति अशोकराज सिग्देलले यस किसिमको तालिमबाट राष्ट्रिय सुरक्षाका क्षेत्रमा विभिन्न निकायबीच सहकार्य र समन्वय भई एकीकृत प्रयासमा साझा धारणा निर्माण हुने उल्लेख गरे । उनले तालिमबाट सुरक्षा नीतिहरूको सफल कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी चोकबहादुर ढकालको स्वागत मन्तव्यबाट सुरु भएको समापन समारोहमा पूर्व प्रदेश प्रमुख, पूर्वप्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तालिमका क्रममा चैत १४ गते राज्य सञ्चालनमा सू–शासनका संयन्त्रहरू र नेपालको वर्तमान अवस्था विषयक राष्ट्रियस्तरको एक दिवसीय उच्चस्तरीय सेमिनारसमेत सञ्चालन गरिएको थियो । राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाइमा एकरुपता कायम होस् भन्ने उद्देश्यले विसं २०७२ देखि सुरु भएको यस तालिमबाट हालसम्म २५२ जना प्रशिक्षित भइसकेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ८ : ५८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका