५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति



काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गरेका छन् ।

मुुलुकको सबैभन्दा पुरानो प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै उनले ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारासहित ‘राष्ट्रिय रेडियो, राष्ट्रिय सञ्चार’को मर्मअनुरुप क्रियाशील रेडियो नेपाललाई नेपालको संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न तथा सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार प्रभावकारी ढङ्गले काम गर्न सुझाएका छन् ।

सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्न अनुरोध गर्दै “इण्टरनेट र सूचनाप्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय छ । यस्तो अवस्थामा दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम उपयोग गरी रेडियो नेपाललगायत आमसञ्चारमाध्यमले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन गरी अझै जिम्मेवार, विश्वसनीय र जवाफदेही भएर काम गर्नेछन् भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भनेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १० : १२ बजे

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा