१५ असार २०८३, सोमबार | June 29, 2026

स्व नेता बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली



काठमाडौं । प्रतिनिधिसभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ ।

राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बोहोराको ७६ वर्षको उमेरमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको थियो । रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

चाबहिलस्थित पार्टी कार्यालयमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्व बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र सुनिल थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हितराज पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता योगेश भट्टराईलगायत राप्रपाका नेता तथा कार्यकर्ताले स्व बोहोराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व नेता बोहोराको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : २० बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि