२९ चैत्र २०८२, आइतबार | April 12, 2026

म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता



म्यानमार । गत साता गएको बिनाशकारी भूकम्पमा परी  मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । सिन्हवाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन् ।

प्रधानमन्त्री मिन आङ ह्लिङले यो जानकारी दिदैँ उनले बिभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार गरेका छन् ।

उनले भुकम्पको बिनाशकारी समयमा पनि सैन्य कारबाही जारी राख्ने जनाएका छन । ‘तर, केही जातीय सशस्त्र समूहहरू अझै सक्रिय रूपमा लडाइँमा संलग्न रहेका छन्,’ ह्लिङले  भने, ‘यो एक प्रकारको आक्रामकता भएको हुनाले सेनाले आवश्यक रक्षा कारबाही जारी राख्नेछ ।’

भूकम्पको विनाश र मानवीय सहायता पठाउनमा विश्वव्यापी ध्यान केन्द्रित भएको बेला म्यानमारको सेनाले देशभरि प्रतिरोधी समूहहरू विरुद्ध आक्रमण जारी राखेको म्यानमार नाउको रिपोर्टमा उल्लेख गरिएको छ ।

सो आक्रमणहरूप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकामा आधारित वकालत गर्ने समूह ह्युमन राइट्स वाचले भनेको छ कि म्यानमारको सैन्य सरकारले भूकम्प पीडितहरूका लागि मानवीय सहायतामा तत्काल, निर्बाध पहुँचको अनुमति दिनुपर्छ र आपतकालीन प्रतिक्रियामा बाधा पुर्‍याउने प्रतिबन्धहरू हटाउनु पर्छ ।

यद्दपी, मार्च २८ मा यस क्षेत्रमा भूकम्प गएपछि पनि सेनाले प्रभावित क्षेत्रमा हवाई आक्रमण जारी राख्रदै सीमित इन्टरनेट पहुँच सुरु गरेको छ, जसले मानवीय प्रतिक्रियालाई थप जटिल बनाएको जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ७ : ३४ बजे

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ