१६ बैशाख २०८३, बुधबार | April 29, 2026

वनवाटिकाको विकासमा विगत २० वर्षदेखि खटिएका खिमलाल पाण्डेयले गरे अध्यक्ष पदको उमेद्वारी घोषणा



बुटवल । रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ववनवाटिकाको आगामी नेतृत्वको लागि वर्तमान उपाध्यक्ष खिमलाल पाण्डेयले अध्यक्षको उमेद्वारी घोषणा गरेका छन् । पाण्डेयले विगत २० वर्षदेखि वनवाटिकाको विकासमा खटिएको अनुभवका आधारमा नेतृत्व पाउनु पर्ने बलियो आधार भएको दाबी गर्दै अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा उनले आफूलाई स्वतन्त्र उम्मेदवार घोषणा गरेका हुन् । वनवाटिकामा यसअघिका नेतृत्व सहमतीमा चयन हुँदै आएकोमा यसपटक भने सहमतीको प्रयास सफल नभएपछि निर्वाचन मार्फत नेतृत्व चयन गर्ने कसरत सुरु भएको हो । सोही अनुसार नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट गठबन्धन गरी प्यानलसहित उम्मेदवारी घोषणा भएपछि पाण्डेयले आफूलाई स्वतन्त्र उम्मेदवार घोषणा गरेका हुन् ।

कुल १४ वटा पदमा हुने निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यक्तिहरुले सात सात पद बांडफांट गरेर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । कुल ७ सय ७३ जना सदस्य रहेको वनबाटिकामा यही चैत्र २२ गते अधिवेशन हुँदै छ । पाण्डेयले वनवाटिकालाई राष्ट्रियस्तरको उद्यान बनाउने, प्राणी उद्यान (चिडियाघर)लाई नेपालकै नमुना उद्यान बनाउने, अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यस्थल बनाउने तथा सन्ध्याकालिन उद्यान सञ्चालन गर्ने लगायतका १० बुँदे प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् ।

‘वनविहारका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार बाबुराम अर्यालको उद्देश्यलाई साकार पर्ने मेरो लक्ष्य हो ।’-उम्मेदवारी घोषणा गर्दै पाण्डेयले भने, ‘कुनै बेला वनवाटिकाको परिकल्पना बारे सुनाउँदा हामीलाई ‘पागल’ भन्नेहरु पनि थिए । आज यो अवस्थामा आउँदासम्म करिब २० वर्ष यस संस्थामा आवद्ध रहेर काम गरेको अनुभवलाई मैले नेतृत्व गरेर प्रयोग गर्न चाहान्छु, त्यसैले मेरो उम्मेदवारी रहेको छ ।’ कार्यसमिति सदस्य, सचिव हुँदै हाल उपाध्यक्ष रहेका पाण्डेले रोलक्रम नुसार र आफ्नो अनुभवका आधारमा अध्यक्ष हुने बलियो आधार तयार भएको उल्लेख गरे । दैनिक ३२ जना कर्मचारीले रोजगारी पाएको शंकरनगर वनविहारमा वार्षिक ४ लाख पर्यटक भित्रिने गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  १० : २७ बजे

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी