५ श्रावण २०८३, मंगलबार | July 21, 2026

संघीय लोकतान्त्रिक मोर्चाको घोषणा, २६ बुदेँ साझा धारणामा हस्ताक्षर



काठमाडौं। तराइ मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गरेका छन ।

आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसद भित्र र बाहिरका ७ तराइ मधेस केन्द्रित दल रहेका छन ।

मोर्चाको नाम संघीय लोकतान्त्रिक मोर्चा राखिएको बुझिएको छ । २६ वटा बुदाँमा सहमति जनाएका उनीहरूले मस्यौदामा हस्ताक्षरसमेत गरेका छन् ।

यसअघि ८ दलको मधेसी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएन ।

जसअनुसार संसद भित्र प्रतिनिधत्व गर्ने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा। सीके राउत नेतृत्वको जनमत पार्टी र रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

साथै, संसद भन्दा बाहिर रहेका दलहरू मध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुनेछन ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ६ : १९ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान