६ बैशाख २०८३, आइतबार | April 19, 2026

संविधान जारी गर्दा हतार नगरौं भन्ने कांग्रेस र एमालेभित्रका केही नेताहरु पनि गणतन्त्रको विपक्षमा : अध्यक्ष प्रचण्ड



नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । प्रेस सेन्टर, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले २०८४ सम्म आफु प्रधानमन्त्रीको रेसमा नभएको बताएका हुन् ।

उनले सबैले आएर नेतृत्व गर्नु प¥यो भने पनि आफु प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले संविधान बनाउदादेखि नै गणतन्त्र मन नपराएकाहरुले अहिले टाउको उठाउने कोसिस गरेको बताउँदै त्यतिबेला संविधान जारी गर्दा अहिले हतारमा नगरौं भन्ने कांग्रेस र एमालेभित्रका नेताहरु पनि गणतन्त्रको विपक्षमा लागिपरेको आरोप लागाए ।

उनले सरकारको गैरजिम्मेवारी क्रियाकलापका कारण बिचौलियाले टाउको उठाउने मौका पाएको बताउँदै सरकारको क्रियकलापका कारण जनतामा निराशा छाएको बताए । कुलमान घिसिङलाई हटाउने टियु र गभर्नर नियुक्तिमा देखिएका सेटिङलगायत सामाजिक न्याय र सुशासनमा सरकार चुकेकाले प्रतिगामी, प्रतिक्रियावादीले टाउको उठाएको उनको भनाई छ ।

प्रचण्डले अवस्था बदल्न पहिलो प्राथमिकता कृषि र टेक्नोलोजीलाई दिनुपर्ने उल्लेख गर्दै कृषिलाई आधार बनाएर उच्चतम प्रविधिको प्रयोग गरी वैज्ञानिक ढंगले उत्पादन बढाएर अवस्था बदल्न सकिने बताए । उनले पूर्वराजाप्रति लक्षित गर्दै गैडा र मूर्ति चोरीमा दरबारीयाको संलग्नताको रहेको सबैले भन्ने गरेको समेत बताए ।

हिजो बाँकेमा आएका प्रचण्डलगायत माओवादीका नेताहरु कोहलपुरस्थित नेता तथा कार्यकर्ताको घरमा बसेका थिए भने आज बिहानै मर्निङवाकका क्रममा ग्रामिण बस्ती डुलेका प्रचण्डले आजै लुम्बिनी प्राबिधिक विश्वबिद्यालयको अनुगमन तथा पदाधिकारीहरुसँग छलफल गरेका थिए । यहीबाट माओवादीले सुरु गरेर बीचमा रोकिएको तराई मधेस अभियान भोलि बर्दियामा कार्यक्रम तय गरिएको छ । अध्यक्ष प्रचण्ड सहितको टोली आजै बर्दिया प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ७ : ०९ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको