९ श्रावण २०८३, शनिबार | July 25, 2026

करियर प्लानिङमा विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम



बुटवल । करियर प्लानिङ एजुकेशन नेटवर्क प्रालिले आफ्नो कार्यालयबाट उच्च शिक्षाकालागि वैदेशिक यात्रामा जान सफल विद्यार्थीहरुको विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रालिले शुक्रबार बुटवलमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि जापान जान पासआउट भएका ७७ जना विद्यार्थीहरुलाई बिदाई सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

प्रालिका संस्थापक गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परामर्श ब्यवसायी महासंघका केन्द्रीय सदस्य तथा ईक्यान रुपन्देहीका संस्थापक देवबहादुर कुँवरले कार्यक्रमको उद्घाटन गर्दै उच्च शिक्षाकालागि जापान जान लागेका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिए । उनले उच्च शिक्षाकालागि ठुलो युवा जमात बैदेशिक यात्रामा निस्कनु सुखद् विषय नभएको उल्लेख गर्दै दक्ष र क्षमतावान युवालाई स्वदेशमै राख्ने र अडाउने वातावरण सृजना गर्ने राज्यसँग माग गरे ।

प्रालिका संचालक तुल्सी पौडेलको स्वागतमा भएको कार्यक्रममा ई क्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डे, नेपाल पत्रकार महासंघका सहसचिव झविन्द्र देवकोटा, थाइरो ल्याब बुटवलका संचालक दिपु केसी, रमेश लम्साललगायतले उच्च शिक्षाकालागि जापानको यात्रातय गरेका विद्यार्थीलाई शुभकामना तथा बधाई दिदै करियर प्लानिङले विद्यार्थीको साच्चीकै करियर बनाउन सफल भएकोभन्दै प्रशंसा गरे । संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको कार्यक्रममा कलाकारहरु सम्झना रनपाल, लक्ष्मी भुसाल, बविता धिताल, शिल्पा मगरलगायतका कलाकारहरुले आआफ्नो प्रस्तुती देखाएका थिए भने प्रालिले पासआउट भएका ७७ जना विद्यार्थीलाई बिदाई एंव सम्मान गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : ४२ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको