७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘राजनीतिक स्थायित्वका लागि शासकीय स्वरुप फेर्नुपर्छ’



काठमाडौँ । राजनीतिक दलका नेता एवं विज्ञहरूले राजनीतिक तथा नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय विज्ञ परिषद्ले आज यहाँ आयोजना गरेको ‘राजनीतिक स्थायित्व र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका औँचित्य’ विषयक अन्तरक्रियामा सहभागीले मुलुकको समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने धारणा राखे । यद्यपि, केही सहभागीले प्रत्यक्ष निर्वाचित कार्यकारी तानाशाह बन्नसक्ने खतरा औँल्याउँदै राजनीतिक स्थिरताका लागि शासकीय स्वरुप नभई शासकीय भूमिकामा रहेका व्यक्तिको प्रवृत्ति बदल्नुपर्ने बताएका थिए ।

नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका निम्ति राजनीतिक र नीतिगत स्थायित्व अनिवार्य सर्त भएको बताए । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउनसके स्थिरता र विकासले गति लिने जिकिर गरे । शासन गर्ने व्यक्ति आमनागरिकको मतबाट चुनिने हुँदा जनताप्रति जवाफदेही र प्रजातान्त्रिक हुने उल्लेख गर्दै अध्यक्ष भट्टराईले राष्ट्रपतीय प्रणालीमा तानाशाह जन्मन्छन् कि भनेर नकारात्मक सोच राख्न नहुने बताए ।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति स्थायित्वको अचुक औषधि नभई निरंकुश हुनसक्ने खतरा रहेको औँल्याए । “अहिले नीतिभन्दा नाता, नभए दाता खोजेर समानुपातिक प्रणालीको मर्मविपरीत काम भइरहेको छ, जुन पार्टीबाट नियुक्ति पाइन्छ त्यतै लाग्ने प्रवृत्ति हावी भएको छ । यो नै स्थिरताको बाधक हो”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेत्री सुनिता बरालले राजनीतिक स्थायित्व नहुनुमा प्रणालीलाई दोष दिनुभन्दा अभ्यासमा भएका कमजोरी हटाउनुपर्नेमा जोड दिइन् । “प्रणालीमा मात्र केन्द्रित भएर पुग्दैन, प्रवृत्तिलाई पनि ध्यान दिनुपर्छ”, उनले भनिन्, “अभ्यासमा भएका कमजोरी नहटाएसम्म प्रणालीले मात्र केही गर्दैन ।”

नेकपा (माओवादी केन्द्र)का नेता खिमलाल देवकोटाले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको विकल्प नभएको बताए । “अधिनायकवादी राष्ट्रपति हुनसक्छ भन्ने त्रास हटाउन प्रत्याह्वान र महाभियोगको व्यवस्था राखी उसलाई अधिनायकवादी हुनबाट जोगाउन सकिन्छ”, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले शासकीय भूमिकामा रहने व्यक्तिको संस्कारका कारण राजनीतिक अस्थिरता सिर्जित भएको दाबी गरे । उनले आफू राष्ट्रपति प्रणालीको समर्थक भएको बताए । जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले स्थायित्वका लागि मुलुकमा उपयुक्त शासकीय प्रणाली र नीतिको आवश्यकता रहेको बताए ।राजनीनितिक विश्लेषक इन्द्र अधिकारीले सरकार कि प्रणालीको स्थायित्व भन्नेमा प्रष्ट हुनुपर्ने धारणा राख्दै अहिले प्रणालीभन्दा सरकार अस्थिर भएको बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १० : २९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११