२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : पञ्जाबमाथि राजस्थानको शानदार जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले शानदार जित निकालेको छ । शनिबार राती भएको खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हराएको हो । राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रनमा सीमित भयो । पञ्जाबका लागि निहाल बाधेराले ४१ बलमा ६२ तथा ग्लेन म्याक्सवेलले २१ बलमा ३० रन जोडे ।

४३ रन बनाउँदा चार विकेट गुमाएको पञ्जाबका टोलीका लागि बाधेरा र म्याक्सवेलले पाँचौँ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । पञ्जाबले ८ बलको अन्तरमा पाँच रन जोडेर यी दुईका साथ सुर्यांस सेड्गेलाई पनि गुमाएको थियो ।

राजस्थानका जाफ्रा आर्चरले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भए । यसैगरी सन्दीप शर्माले चार ओभरमा २१ रन खर्चेर दुई तथा महशे थक्सेनाले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा २०५ रन जोडेको हो । राजस्थानका लागि यसस्वी जयसवालले सबै भन्दा धेरै ४५ बलको सामना गर्दै ६७ रन जोडे । रियान परागले अविजित रहँदै २५ बलमा ४३ रन जोडे । कप्तान सञ्जु सामसनले २६ बलमा ३८ रन जोडे । सिम्रन हटमायरले १२ बलमा २० रन जोड्दा अविजित रहेका ध्रुव जुरेलले पाँच बलमा १२ रन थपे ।

पञ्जाबका लुक्की फर्गुसनले चार विकेट लिए । हारपछि पन्जाब ४ अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान ४ अङ्क साथ सातौँ स्थानमा छ । आईपिएलमा दिल्ली क्यापिटल ६ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ४७ बजे

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा