३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

धार्मिक पुष्पबाटिका बनाउन आयोजित धार्मिक अनुष्ठानबाट १३ लाख बढि बचत



खजुरा । नेपालमै पहिलो धार्मिक पुष्पबाटिका निर्माणको उद्देश्य सहित गरिएको धार्मिक अनुष्ठानबाट १३ लाख बढी बचत भएको छ । अनुष्ठानको मुख्य आयोजक शिबकालिका मन्दिर व्यवस्थापन समितिले आज दाताहरुको भेला बोलाएर आय ब्ययको विवरण सार्वजनिक गर्दै १३ लाख ३१ हजार ३४० अनुष्ठानबाट बचत भएको जानकारी दिएको हो ।

अनुष्ठानको आयब्यय प्रस्तुत गर्दै आर्थिक समितिका संयोजक केदार पाठकले अनुष्ठानबाट २६ लाख १२ हजार ६७ रुपैयाँ आम्दानी भइ १२ लाख ८० हजार ७२७ खर्च भएको बताए । पाठकले अनुष्ठानका क्रममा लक्ष्मीयन्त्र बिक्रिबाट ४ लाख ४७ हजार ४९०, स्वेच्छिक चन्दादाताबाट २१ लाख ३४ हजार ३४७ र दानपेटीबाट ३० हजार २३० संकलन भएको जानकारी दिए ।

बाँकेको खजुरामा रहेको स्थानीय शिवकालिका मन्दिरको जग्गा मध्य कम्तीमा १ बिगाहा जग्गामा धार्मिक बाटिका निर्माणको सहयोगार्थ धार्मिक महा अनुष्ठान गरिएको हो ।

आयोजकका अनुसार मन्दिरकै स्वामित्वमा रहेको जग्गा मध्य कम्तीमा एक बिगाहा जग्गामा बिभिन्न बनस्पती, जडिबुटी र पुष्पले सुसज्जित बाटिका बन्ने छ । बाटिक परिषरमै जेष्ठ नागरिकहरुका लागि बिश्राम स्थल, सत्संग भवन, ध्यान केन्द्र, जलक्रिडा स्थल, फूलवारी तथा धार्मिक कार्यस्थल निर्माण हुने छन् ।

नेपालगन्ज गुलरिया हुलाकी राजमार्गको खजुरा खण्डको नजिकै एक बिगाहा जग्गामा प्रस्तावित गरिएको धार्मिक बाटिका बनस्पति र जैविक बोट बिरुवा र पुष्यको अनुपम संगम बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा बोल्दै महा अनुष्ठान संपादन समितिका संषेजक भक्तबहादुर केसीले बाटिका निर्माणको अभियान सुरु भएको र अव नरोकिने बताए । उनले अव दातृ निकाय, तीनै तहको सरकार र पर्यटन सम्बद्ध संस्थाहरुसँग समन्वय गरि धार्मिक बाटिका निर्माणमा लाग्नु पर्ने बताए ।

सोही अवसरमा अनुष्ठानका क्रममा महत्वपूर्ण योगदान गर्ने सहयोगी तथा चन्दा दाताहरुलाई सम्मान र प्रमाणपत्र वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ३९ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र