२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी



काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा राजस्थान रोयल्सविरुद्ध सानदार जित निकालेको सनराइजर्स हैदरावादले त्यसपछि लगातार चौथो खेलमा पराजित भएको छ । आइतबार राति गुजरात टाइटनसँग ७ विकेटले पराजित भएसँगै सनराइजर्स पाँच खेल खेल्दा दुई अंकसहित तालिकाको पुछारमा छ । गुजरात भने ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

यस सिजनको आईपीएलमा साविक उपविजेता हैदरावादले गएराति लगातार चौथो पराजयको सामना गरेको हो । आइतबार भएको खेलमा हैदरावादले दिएको १५३ रनको लक्ष्य गुजरातले ३ विकेटको क्षतिमा २० बल बाँकी रहँदा पुरा गरेको हो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४३ बलमा ६१ रन जोडे । यसैगरी वासिङ्टन सुन्दरले मोहम्मद सामीको बलमा आउट हुनु अघि २९ बलमा ४९ रन जोडे। सेरफाने रुदरफोर्डले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा अविजित ३५ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा १५२ रन जोड्यो । हैदरावादलाई नितिसकुमार रेड्डीले ३१ रन जोडे । उनले यसका लागि ३४ बल खेलेका थिए । हेन्रिक क्लासेनले २७ तथा कप्तान प्याट कुमिन्सले अविजित २२ रन जोडे । ९ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे ।

गुजरातका मोहम्मद सिराजले हैदरावादविरुद्ध घातक बलिङ गरे । उनले चार ओभरमा १७ रन खर्चेर चारविकेट लिए । यसैगरी प्रसिद्ध कृष्णले चार ओभरमा २५ रन खर्चेर दुई विकेट हात पार्दा साइ किशोरले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । खेलमा सिराज प्लेयर अफ द म्याच चुनिए ।

हैदरावाद ५ खेलमा २ अंक जोडेर पुछारमा छ । लगातार तेस्रो जित हात पारेको गुजरात ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बंग्लोरु भिड्दैछन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : १७ बजे

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा