६ श्रावण २०८३, बुधबार | July 22, 2026

माओवादी केन्द्रको ‘तराई–मधेश जागरण अभियान’ वैशाख २ गते नवलपुरबाट सुरू हुने



नवलपुर । नेकपा माओवादी केन्द्रको तराई–मधेश केन्द्रित जागरण अभियान नवलपुरमा बैशाख २ गते सुरू हुने भएको छ। यसअघि स्थगित गरिएको उक्त अभियानलाई पुनः सुरु गर्दै पार्टीले गैडाकोटलाई उद्घाटनस्थलको रूपमा तय गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इञ्चार्ज धनप्रसाद सापकोटाका अनुसार वैशाख २ गते बिहान गैडाकोटबाट अभियानको विधिवत शुभारम्भ गरिनेछ। अभियानको तयारीका सिलसिलामा माओवादी जिल्ला कमिटीको टोली आइतबार खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेको थियो।

छलफलपछि अध्यक्ष प्रचण्ड वैशाख १ गते साँझ नवलपुर आइपुग्ने र वैशाख २ गते बिहानै अभियान उद्घाटन गर्ने तय भएको सापकोटाले जानकारी दिए। “अभियानको नेतृत्व स्वयं अध्यक्ष प्रचण्डले गर्नुहुनेछ,” सापकोटाले भने, “यो अभियान तराई–मधेशमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरणमा निर्णायक हुनेछ।”

जिल्ला कमिटीले प्रचारप्रसार, स्वागत, आवास र यातायात व्यवस्थापनलगायतका उपसमिति गठन गरी तयारी तीव्र पारेको जनाएको छ। पार्टी स्रोतका अनुसार अभियान अन्तरगत मधेश र तराईका जिल्लाहरूमा शीर्ष नेताहरूको सहभागितामा आमसभा, जनसंवाद तथा संगठन सुदृढीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ।

पार्टीले यो अभियानलाई ‘जनताको बीचमा पार्टी, परिवर्तनको एजेन्डा र प्रतिगमन विरुद्धको अभियान’ का रूपमा व्याख्या गरेको छ। नेताहरूका अनुसार विगतमा स्थगित अभियानलाई पुनः सुरु गर्नु पार्टीको रणनीतिक पुनर्संरचना र स्थानीय तहको संगठनात्मक पुनर्गठनसँग सम्बन्धित छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ४७ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ