१३ भदौ २०८३, शनिबार | August 29, 2026

पाणिनी तपोभूमिमा प्रधानमन्त्री : मुख्यमन्त्रीले गरे स्वागत



अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओली पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्न अर्घाखाँचीको पाणिनी आइपुगेका छन् । पाणीनी पुगेका प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन हुँदैछ । दुई दिन सम्म चल्ने सम्मेलनले संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका लागि कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

पाकिस्तानको लाहोरबाट सयौंवर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका १ र २ को पणेना जंगलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ ।

२०७६ सालमा नेपाल सरकराले सय गन्तव्यभित्र पाणिनि तपोभूमिलाई पनि समेटेको थियो ।

विश्वको प्राचीन भाषा संस्कृत व्याकरणको उत्पत्ति र रचना भएको पाणिनि तपोभूमिको गरिमा र महत्त्वलाई सम्मेलन मार्फत प्रचारप्रचार गरी संसारभर चिनोउने उद्देश्य राखिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १ : १३ बजे

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४