१५ पुस २०८२, मंगलबार | December 30, 2025

बालेनका स्वकिय सचिव शाह र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग



काठमाडौं । विभिन्न पेशागत संगठनले काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख राजुनाथ पाण्डे र मेयर बालेन्द्र शाह (बालेन) का स्वकिय सचिव भूपदेव शाहलाई कारबाहीको माग गरेका छन् । स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते महानगर कार्यालयमा भएको घटनाको छानविनको माग गर्दै कारबाही गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईसँग माग गरेका हुन् ।

स्थानीय तह कर्मचारी यूनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाई श्रमिक संघले कारबाहीको माग गरेका हुन् । तीन संगठनहरुले तीन दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् ।

‘कार्यालयको प्रशासनिक प्रमुखको रूपमा नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौं महानगर प्रहरी बलका प्रमुख र उनका कर्मचारीहरूले प्रशासनिक कार्यमा बाधा पु¥याउने कार्य गरेका छन्, जसका कारण प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र कर्मचारीहरूलाई धरपकड र अपत्तिजनक भनाइहरूको सामना गर्नुपरेको छ ।’, ज्ञापनपत्रमा भनिएको छ ।

‘अनधिकृत व्यक्तिले मौखिक आदेश दिने, त्यस्तो आदेश नमान्ने कर्मचारीलाई अपमानित गर्ने, धम्क्याउने प्रवृत्ति बढ्दै गएकाले यस्तो प्रवृत्ति व्यवहारिकरुपमा नै अन्त्य गरियोस् र अड्डा प्रशासनलाई प्रमुख प्रशासकीय अधिकृतमार्फत कानूनसम्मत ढंगले सञ्चालन गर्ने वातावरण निर्माण गरियोस्,’ कर्मचारी संगठनहरुको माग छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ३ : ०६ बजे

कांग्रेसले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र