१४ चैत्र २०८२, शनिबार | March 28, 2026

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच आज छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उहाँहरुबीच छलफल भएको हो ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज प्रारम्भिक रुपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको बताए । “आजदेखि हामीले छलफल प्रारम्भ गरेका छौँ । उहाँहरुको चासो, सरोकारका बिषयमा छलफल भयो,” उनले भने, “छलफलबाट नै निष्कर्ष निकाल्ने सहमति भएको छ ।”

प्रवक्ता सापकोटाले छलफललाई निरन्तरता दिने सहमति भएको बताए । छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डा दीपक काफ्ले, शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीलगायतको टोली सहभागी थियो । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै यही चैत २० गतेदेखि काठमाडौँमा सडक प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा देशभरिका शिक्षकहरुको सहभागिता रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  १० : १९ बजे

गृहमन्त्री गुरूङ भन्छन- ओली र लेखकलाई नियन्त्रणमा लियौँ, कानुनमाथि कोही छैन

काठमाडौं । सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ