२ बैशाख २०८३, बुधबार | April 15, 2026

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त गर्ने सेवाको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायत विवरण पनि सार्वजनिक गरेको हो ।

मन्त्रालयले आफ्नो वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरण र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारीसहितको विवरण सार्वजनिक गरेको जनाएको छ । मन्त्रालयले मृगौलारोग, मुटुरोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्तर्गत विभिन्न उमेर समूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क उपलब्ध गराइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकले प्राप्त गर्ने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउनेगरी जानकारी राख्न निर्देशन दिएका थिए ।

“नागरिकले प्राप्त गर्ने उपचार सेवा सबैको पहुँच र जानकारीमा होस् भन्ने हाम्रो चाहना हो”, मन्त्री पौडेलले भने, “सूचनाको अभावमा कसैलाई कठिनाइ नहोस् भनेर विवरण सबैले प्राप्त गर्न सहज हुनेगरी सार्वजनिक गर्ने व्यवस्था मिलाएका छौँ ।”

मन्त्री पौडेलले यसअघि सङ्घीय अस्पताल तथा मेडिकल कलेजलाई सेवा शुल्कसम्बन्धी विवरण वेबसाइट तथा अस्पतालमा सबैले देख्नेगरी राख्ने व्यवस्था मिलाउन भनेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : २३ बजे

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन । चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा

मन्त्रिपरिषद् बैठक : सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा