१३ भदौ २०८३, शनिबार | August 29, 2026

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद



नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना गरेको स्वाद उत्सव आज सम्पन्न भएको छ । गत २५ गतेबाट सुरु भएको स्वाद उत्सव देशभरका १८ शाखाबाट झण्डै २ लाख पाहुनालाई स्वाद चखाउँदै आज सम्पन्न भएको हो ।

स्वाद उत्सवको नेपालगन्जबाट समापन गर्दै होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले स्वाद उत्सवमा सहभागी पाहुना तथा लगानीकर्ता, कर्मचारी पत्रकार एवं सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे । उनले पाहुनाहरुबाट आएको सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा अझै परिस्कृत र स्वस्थकर परिकारहरु पौवामा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । नेपालगन्जमा ५ तारे होटलको निमाएण प्रारम्भ भइसकेको जनाउँदै भण्डारीले २ वर्ष भित्र पूर्ण सेवा दिनेगरि काम भइरहेको जानकारी दिए । उनले आवासिय भवन निर्माणाधिन रहेपनि रेष्टुरेन्ट, ब्याङ्केट, क्याबिनबाट पौवाले सेवा दिन सुरु गरिसकिएको बताए ।

पौवाले नेपाली नयाँवर्षको अवसरमा आफ्नो ५ वटा शाखामा न्यु इयर इभ गर्ने भएको छ । नवलपुरको हर्कपुर शाखा, रुपन्देहीको भैरहवा र बुटवल शाखा तथा दाङको भालुवाङ र घोराहीमा न्यु इयर इभ आयोजना गरिएको पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १० : ०५ बजे

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४