२० मंसिर २०८२, शनिबार | December 7, 2025

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि ट्रिनेटी क्लब वालिङलाई



बुटवल । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता-२०८१ को विजेता बनेको छ ।

प्रतियोगिता अन्तरगत सनिवार भएको फाइनलमा ट्रिनेटी युवा क्लब वालिङले राईजिङ स्टार क्लब, कपिलबस्तुलाई १-० गोल अन्तरले हराउदै उपाधि जितेको हो ।

निकै प्रतिष्पर्धात्मक खेलमा ट्रिनेटी युवा क्लब वालिङकि जर्सी नं. २ कि यशोदा शाहीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । एक शुन्य गोलले पछाडी परेको राईजिङ स्टारले दोस्रो हाफमा गोल गर्ने ३ वटा सुन्दर अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकिएकोमा दोस्रो हाफको २२ औं मिनेटमा शाहीले टिमका लागि गोल गर्दै अग्रता दिलाएकि थिइन ।

फाइनल खेलको प्लेयर अफ म्याच ट्रिनेटी क्वलकि स्कोरर यशोदा शाही भइन । उपाधि विजेता वालिङले सेमिफाइनलमा एमएससी भारतलाई र उपविजेता कपिलबस्तुले आयोजकलाई हराएको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिम ट्रिनेटी युवा क्लब वालिङले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता राईजिङ स्टार क्लब, कपिलबस्तुले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी ट्रिनेटी युवा क्लब वालिङकि जर्सी नं. कि सिमरन राई भइन । उनले नगद २५ हजार तथा मेडल प्राप्त गरिन । यसैगरि उत्कृष्ट गोल किपर राइजिङ स्टार क्लब, कपिलबस्तुकि सुनयना चौधरी, वेष्ट फरवार्ड ट्रिनेटी क्लब वालिङकि पूर्णिमा राई, वेष्ट डिफेन्ड राइजिङ स्टारकि धाना बोहोरा, उत्कृष्ट प्रशिक्षक टिनेटी युवा क्लबका दिलिप थापा घोषित भए । उनीहरुले जनहि १० हजार नगद तथा कप प्राप्त गरे ।

विजेता तथा उपविजेता टिमलाई कप, मेडल, प्रमाणपत्र बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवि अर्याल, नगर खेलकुद समितिका संयोजक वोनिन पिया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दिपक गुरुङ, खेल संयोजक बुद्धिबहादुर दर्जी लगायतले प्रदान गरे ।

एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा भएको प्रतियोगतामा आयोजक बिस पचहत्तर युवा परिवार, सुनवल नगरपालिका, विरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारत सहित ८ टिमको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ५४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल