३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि ट्रिनेटी क्लब वालिङलाई



बुटवल । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता-२०८१ को विजेता बनेको छ ।

प्रतियोगिता अन्तरगत सनिवार भएको फाइनलमा ट्रिनेटी युवा क्लब वालिङले राईजिङ स्टार क्लब, कपिलबस्तुलाई १-० गोल अन्तरले हराउदै उपाधि जितेको हो ।

निकै प्रतिष्पर्धात्मक खेलमा ट्रिनेटी युवा क्लब वालिङकि जर्सी नं. २ कि यशोदा शाहीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । एक शुन्य गोलले पछाडी परेको राईजिङ स्टारले दोस्रो हाफमा गोल गर्ने ३ वटा सुन्दर अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकिएकोमा दोस्रो हाफको २२ औं मिनेटमा शाहीले टिमका लागि गोल गर्दै अग्रता दिलाएकि थिइन ।

फाइनल खेलको प्लेयर अफ म्याच ट्रिनेटी क्वलकि स्कोरर यशोदा शाही भइन । उपाधि विजेता वालिङले सेमिफाइनलमा एमएससी भारतलाई र उपविजेता कपिलबस्तुले आयोजकलाई हराएको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिम ट्रिनेटी युवा क्लब वालिङले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता राईजिङ स्टार क्लब, कपिलबस्तुले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी ट्रिनेटी युवा क्लब वालिङकि जर्सी नं. कि सिमरन राई भइन । उनले नगद २५ हजार तथा मेडल प्राप्त गरिन । यसैगरि उत्कृष्ट गोल किपर राइजिङ स्टार क्लब, कपिलबस्तुकि सुनयना चौधरी, वेष्ट फरवार्ड ट्रिनेटी क्लब वालिङकि पूर्णिमा राई, वेष्ट डिफेन्ड राइजिङ स्टारकि धाना बोहोरा, उत्कृष्ट प्रशिक्षक टिनेटी युवा क्लबका दिलिप थापा घोषित भए । उनीहरुले जनहि १० हजार नगद तथा कप प्राप्त गरे ।

विजेता तथा उपविजेता टिमलाई कप, मेडल, प्रमाणपत्र बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवि अर्याल, नगर खेलकुद समितिका संयोजक वोनिन पिया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दिपक गुरुङ, खेल संयोजक बुद्धिबहादुर दर्जी लगायतले प्रदान गरे ।

एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा भएको प्रतियोगतामा आयोजक बिस पचहत्तर युवा परिवार, सुनवल नगरपालिका, विरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारत सहित ८ टिमको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ५४ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका