६ बैशाख २०८३, आइतबार | April 20, 2026

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटनमा आयोजक र सुनवल भिड्ने



बुटवल । बिस पचहत्तर युवा परिवार, बुटवलको आयोजनामा शनिबार (भोली) बाट बुटवलमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता-२०८१ हुदैछ । चैत ३० गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लबले जनाएको छ ।

सिद्देश्वरी लालकुमारी माबिको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिम सहभागी हुदै छन् ।

प्रतियोगिताको उद्घाटन खेल दिउसो ३ बजे आयोजक बिसपचहत्तर युवा परिवार र सुनवल नगरपालिकाका वीच हुने छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा प्रिती चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गरिने मैदानमा दर्शकलाई सहजताका लागि १ हजार जना अट्ने अस्थाई प्याराफिट निमार्ण गरिएको अध्यक्ष सुरेन्द्र थापाले बताएका छन् ।

प्रतियोगितामा सहभागी हुन आउने टिमहरु बुटवल आइसकेको र टिममा राष्ट्रिय खेलाडीहरु विभिन्न टिमबाट खेल्ने उनले बताएका छन् । बुटवलमा यो स्तरको महिला फुटवल प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको क्लबका सचिव दिपक गुरुङले दावी गरेका छन् । प्रतियोगिता फुटवल प्रेमीहरुले नेपालका चर्चित तथा राष्ट्रिय महिला खेलाडीहरुलाई मैदानमा देख्न पाउने उनको भनाई छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयासहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्द करिव २० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ४३ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय