१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

१० औं मणिमुकुन्द कप ईन्डो नेपाल भलिबल प्रतियोगिता बैशाख ६ देखि सुरु



बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा १० औं मणिमुकुन्द कप पुरुष ईन्डो नेपाल क्लब च्याम्पीयनसीप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नेपालको विभागीय टोली सहित भारतको समेत गरी कुल ९ वटा टिम सहभागी हुने प्रतियोगीता यहि बैशाख ६ गते देखि १३ गते सम्म सञ्चालन हुने भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा हुने भलिवल प्रतियोगीताको तयारी पुुरा भएको क्लबले पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले साग भलिव एकडेमी गुजरात भारत, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लव बाग्लुङ्ग, मणिमुकुन्द भलिबल क्लब र सुदुुरपश्चिम खेलकुल परिषद गरी कुल ९ वटा टिमको सहभागीता हुने जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने समुहले नगद ३ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् । यस्तै उप विजेता समुहले २ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् भने तेस्रो हुने समुहले १ लाख ११ हजार १ सय ११ र सान्तव्ना स्थान प्राप्त गर्ने समुहले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगीतामा बेष्ट प्लेयसरलाई नगद १५ हजार सहित र कप र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै बेष्ट सटरलाई १० हजार सहित कप र प्रमणपत्र प्रदान गरिने छ । बेष्ट ब्लकर लाई पनि १० हजार हजार सहित कप र प्रमणपत्र प्रदान गरिने छ ।

बेष्ट डिफेन्सलाई हजार सहित कप र प्रमाणपत्र प्रदान गरिने छ यस्तै बेष्ट सर्भरर्लाइ हजार सहित कप र प्रमाणपत्र प्रदान गरिने भने बेष्ट कोचलाई १० हजार सहित हजार सहित कप र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै अनुशासीत खेलाडीलाई १० हजार नगद सहित पुरस्कृत गरिने छ ।

पत्रकार सम्मेलनमा भलिबल क्लबका वरिष्ठ सल्लाहकार तथा नेपाल भलिबल संघका पुर्व केन्द्रीय सदस्य मणिमुकुन्द माविका प्राचार्य टुक बहादुर क्षेत्री, नेपाल भलिबल संघका प्रदेश अध्यक्ष योग गुरुङ्ग, क्लबका सल्लाहकार सुरेन्द्र गुरुङ्ग लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ८ : ३२ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज