५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेवाः सेवा समितिको अध्यक्षमा डिल्लीकुमार श्रेष्ठ



बुटवल । १८ वर्ष पहिले बुटवल र यस आसपासका नेवार समुदायलाई संगठीत गर्न गठन भएको नेवाः सेवा समितिको ७ औं कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ । सेवा समितिको १६ औं साधारणसभा तथा ७ औं अधिवेशनले डिल्ली कुमार श्रेष्ठक अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

शनिबार बुटवलमा सम्पन्न अधिवेसनबाट श्रेगठको नेतउत्वमा १३ सदस्सीय कार्यसमिति पनि सर्वसम्मन निर्वाचित गरिएको छ । निर्वाचन समितिका संयोजक रामलाल श्रेष्ठका अनुसार संस्थाको वरिष्ठ उपाध्यक्ष दल बहादुर श्रेष्ठ, उपाध्यक्षमा शारदा श्रेष्ठ, सचिवमा लक्ष्मण श्रेष्ठ, कोषाध्यक्ष प्रमोद कसजू, सहसचिव देवकुमार श्रेष्ठ, सदस्य ओम प्रकाश श्रेष्ठ (ख), अर्जुन श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, लिलप्रसाद श्रेष्ठ, अनिल कुमार चुके, भगवती श्रेष्ठ, लक्ष्मी कर्माचार्य निर्वाचित भएका छन । यसैगरि संस्थाको लेखा समिति संयोजक ध्रुव कुमार श्रेष्ठ, सदस्य जनकलाल श्रेष्ठ, सुर्यलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

आजै सम्पन्न अधिवेशनबाट महिला समितितर्फ चमेली श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष बिष्णुमाया श्रेष्ठ, सचिव लक्ष्मी कर्माचार्य, सहसचिव भगवती श्रेष्ठ, कोषाध्यक्ष सम्झना श्रेष्ठ, सहकोषाध्यक्ष पार्वती श्रेष्ठ, सदस्यहरुमा अन्जु श्रेष्ठ, भिम कुमारी श्रेष्ठ, जमुना राजभण्डारी, सरिता श्रेष्ठ (ख) सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक श्रेष्ठले बताए ।

यसअघि साधारणसभाको प्रदेशसभाका सदस्य एवं पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले उदघाटन गरेका थिए । २०६३ सालमा गठन भएको समितिको आफ्नै बहुउद्देश्शीय भवन हुनुका साथै क्रियापुत्री कक्ष पनि संचालनमा रहेको छ । लगातार ३ कार्यकाल अध्यक्ष रहेका चिरन्जिबी श्रेष्ठले आफ्नो सबै कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना पनि ब्यक्त गरे ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ५६ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले