३ पुस २०८२, बिहिबार | December 19, 2025

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा



नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट संचालनमा आएको छ । नेपालगन्जको प्रवेशद्वारकै रुपमा रहेको धम्बोझी चोकमा आजबाट संचालनमा आएको महाराजा रेष्टुरेन्टको एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले उदघाटन गरेका छन् ।

नेपालगन्जमा जुनसुकै कामका लागि आउनेहरुका लागि पायक पर्ने गरि रेष्टुरेन्ट संचालन गरिएको महाराजा रेष्टुरेन्टका संचालक डम्बरबहादुर चन्दले बताए । छिटो सेवा दिने मुलमन्त्रलाई आत्मसाथ गर्दै हतारमा बजार आएका ग्राहकलाई लक्षित गर्दै रेष्टुरेन्ट संचालन गरिएको उनले बताए । ‘दुरदराजबाट आएका ब्यवसायी वा बटुवाहरुलाई सधैं हतार हुने र धरैबेर साथी कुर्न वा समय खेर फाल्न नभ्याउने अवस्थालाई रेष्टुरेन्टको सेवाले समाधान गर्नेछ,’ उनले भने, ‘फाष्ट सर्भिस हाम्रो मुलमन्त्र हुनेछ ।’

संचालक चन्दले मेनु र मूल्यमा पनि तुलनात्मकरुपमा सस्तो तर गुणस्तरिय खाद्य बस्तु रहेको दाबी गरे । सामान्य चोकबजारमा ठेलामा खाने गरेका ग्राहकले पनि महाराजामा एसीमा बसेर सोही मूल्यमा खाजा खान सक्नेगरि ब्यवस्था मिलाएको उनले बताए । सस्तो मेनुका नाममा गुणस्तर र स्वस्थकर खाद्यमा आफुले सम्झौता नगर्ने चन्दले बताए । पूर्ण वातानुकल रेष्टुरेन्टमा एकै पटक १२५ जना सम्मले सेवा लिन सक्ने उनले बताए ।

१ करोड ४८ लाख लगानी रहेको रेष्टुरेन्टमा दक्ष जनशक्ति सहित १८ जनाले रोजगारी पाएको उनले जानकारी दिए । उनका अनुसार पहिलो र दोस्रो तलामा संचालन भएको रेष्टुरेन्टमा पहिलो तलामा फाष्टफुड उपलब्ध हुनेछन् भने दोस्रो तलामा बार सहितको पूर्ण सुबिधाको रेष्टुरेन्टको सेवा पाइने छ ।

विषेशगरि नेपालगन्ज बाहिरबाट अफिसियल र ब्यवसायिक प्रयोजनका लागि नेपालगन्ज आउने ग्राहकलाई रेष्टुरेन्ट संचालनबाट सहज हुने संचालक चन्दले अपेक्षा गरेका छन् । हवाहुरी र खुल्ला सडकका छेउछाउमा बेचिने अस्वस्थ परिकार सेवन गर्न बाध्य बटुवा र पाहुनालाई बातानुकल वातावरणमा रेष्टुरेन्टबाट सुबिधा र स्वस्थकर परिकार उपलब्ध हुने उनले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : २२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको