७ आश्विन २०८३, बुधबार | September 23, 2026

मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण



मुस्ताङ । मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी जिल्लास्थित सामाजिक विकास कार्यालयले सोमबार अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको हो ।

घरपझोङ गाउँपालिका कार्यालयमा जिल्लाका पाँचै वटा पालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरेको कार्यालयका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार शारीरिक रूपले हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिको सुविधाका लागि चार किसिमका अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरी पालिकालाई जिम्मा लगाइएको छ ।

फोल्डिङ लौरी, इअर सेट, ह्विलचियर र चर्पी चियर हस्तान्तरण गरिएको सापकोटाले जानकारी दिए । उनका अनुसार घरपझोङले फोल्डिङ लौरी ३७ थान, इअर सेट सात थान, ह्विलचियर पाँच थान र चर्पी चियर आठ थान, थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट चार थान, ह्विलचियर दुई थान र चर्पी चियर दुई थान पाएका छन् ।

बारागुङ मुक्तिक्षेत्रले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्वीलचियर दुई र चर्पी चियर दुई थान, लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट तीन थान, ह्विलचियर दुई थान र चर्पी चियर दुई थान तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्विलचियर एक थान र चर्पी चियर दुई थान प्राप्त गरेको जनाइएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव नवराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ, सामाजिक विकास कार्यालयका प्रमुख सापकोटालगायतले यहाँका पालिकालाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ५७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज