४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजदेखि त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाटै लिन सकिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाट दिने भएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सुचना जारी गर्दै आज बिहान ११ बजेदेखि सो अनलाइन सेवा सुरु गरिएको जानकारी दिएका हुन् ।

अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ ।

परीक्षा नियन्त्रक जोशीका अनुसार तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए ।

साथै, आगामी जेठ १५ गतेदेखि भने परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ११ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको