४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत



पाल्पा । नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ । आज यहाँ आएको टोलीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।

तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै यहाँ पुगेको हो । टोलीले गत चैत २८ गते गोरखाबाट पदयात्रा सुरू गरेको थियो । पदयात्रामा रहेको टोलीले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सिमानामा पर्ने केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ ।

स्याङ्जा चापाकोट नगरपालिका–६ का वडाध्यक्ष तारादेवी पोखरेलले पाल्पा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण गरे । यहाँ आएको टोलीलाई नगरप्रमुख थापा, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलगायतले स्वागत गरे ।

पाल्पास्थित नेपाली सेनाको गणको टोलीले जिल्लाका गढी तथा किल्लासम्मको यात्रा गर्नेछ ।

गोरखाबाट सुरू भएको पदयात्रा रुपन्देहीको जितगढी किल्ला पुगेर विजयोत्सवका रूपमा सहभागी भएर समापन हुने जनाइएको छ । नेपाल आक्रमणमा आएको अङ्ग्रेज सेनालाई पराजित गरेको दिनको सम्झना गर्दै हरेक वर्ष वैशाख ७ गते जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको