काठमाडौं । शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ । सरकारले बैशाख १२ गते संसद बोलाएर शिक्षा बिधेयक पारित गराउने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने भएको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए ।
‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद । आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।
उनले अगाडी भनेको छन, ‘पहिलो, अब हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिबध्दता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन, दोस्रो, देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइ पुग्नुहोला ।’
उनको तर्क छ, ‘अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति-बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।’
सरकारले प्रदर्शन फिर्ता लिन अनुराेध गरे पनि महासंघ भने पछि नहटने देखिएकाे छ ।


















प्रतिक्रिया