६ माघ २०८२, मंगलबार | January 20, 2026

सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ । १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १८८ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको राजस्थानले ५ बलमा नै दुई विकेट गुमाएर ११ रन मात्र जोड्न सक्यो । मिचेल स्टार्कले पहिलो बल डट फ्याकेपछि राजस्थानका सिम्रन हटमायरले दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा उनले १ रन जोडेका थिए । त्यसपछि रियान परागले नोबलमा चौका प्रहार गरे । त्यसपछिको बलमा पराग रन आउट भए । अर्को बलमा यशस्वी जयसवाल दोस्रो रन लिने प्रयासमा आउट हुँदा सुपर ओभरमा राजस्थानले मात्र १२ रनको लक्ष्य दिएको थियो ।

दिल्लीको सुपर ओभरको जवाफी ब्याटिङमा राजस्थानका सन्दीप शर्माले बलिङ गरे । सुपर ओभरको सुरुवात गरेका दिल्लीका लोकेश राहुलले पहिलो बलमा २, दोस्रोमा चार तथा तेस्रो बलमा १ रन जोडे । त्यसपछि ट्रिस्टीयन स्टब्सले छक्का प्रहार गर्दै जित निश्चित गरे ।

यसअघि १८९ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि यसस्वी जयसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । कप्तान सामसनले १९ बलमा ३१ रन प्रहार गरेपछि रिटायर्ड भए । त्यसपछि राजस्थानको रनको गति रोकिएको थियो । जयसवालले ३७ बलमा ५१ तथा नितिस रानाले २८ बलमा ५१ रन जोडे । ध्रुव जुरेलले रन आउट हुनु अघि १७ बलमा २६ रन जोडे ।

यसअघि टस हारेर टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १८८ रन जोडेको थियो । दिल्लीका लागि अभिषेक पोरलेले ४९ रन प्रहार गरे । सुरुमा धिमा गतिमा खेलेको दिल्लीका लागि उत्कृष्ट फिनिसिङ गर्ने क्रममा कप्तान अक्षर पटेलले १४ बलमा ३४ रन जोडे । बलिङमा समेत उनले तीन ओभरमा २३ रन खर्चेर एक विकेट लिए । जितपछि दिल्ली १० अङ्क लिएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान चार अंक सहित आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ७ : ४९ बजे

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका