४ पुस २०८२, शुक्रबार | December 20, 2025

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि



क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अष्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो ।

रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ । पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२.२ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो ।

रोजगारमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगार व्यक्तिहरूको सङ्ख्या तीन हजारले बढेको छ । एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले रोजगार-जनसङ्ख्या अनुपात (काम गर्ने उमेरको जनसङ्ख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ ।

रोजगारीमा वृद्धिको बावजुद, क्रिकले अष्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  २ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको