४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेप्से परिसूचक २६ अङ्कले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको अन्तिम कारोबार दिन आज बजारसँगै कारोबार रकम पनि बढेको हो । आज एक सय ८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ । अघिल्लो दिन रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको थियो । आज व्यापार शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका परिसूचक बढेका छन् ।

आजको कारोबारमा नेपाल माइक्रो इन्सोरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआएसी एसिया डिवेन्चरको सेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको