१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवलको कालिकानगरमा रहेको एल डोराडो एवेन्यूको तेस्रो वार्षिकोत्सवको अवसरमा ३ दिने विविध कार्यक्रम मनाउने



बुटवल । बुटवल-११ कालिकानगस्थित एल डोराडो एवेन्यू को स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमसहित मनाउने भने भएको छ । बिहिबार एक विशेष कार्यक्रमको आयोजना गरी स्थापनाको अवसरमा विभिन्न छुट अफर समेत सार्वजनिक गरेको छ ।

रेष्टुरेन्टमा आउने ग्राहकका लागि १५ प्रतिशत छुट अफरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने सञ्चालक तथा अध्यक्ष प्रिन्स सुरोजन जंग मल्लले जानकारी गराए । स्थापनाको छोटो समयमै हस्पिटालिटीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दाबी गर्दै उनले गुणस्तरीय सेवा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।

मुलुक कोरोना महामारीले आक्रान्त बनिरहेको समयमा स्थापना गरिएको एल डोराडो एवेन्यूले व्यवसायिक रुपमा सफल भएर स्थापित हुन सकेको बताउँदै उनले गुणस्तरीय सेवा दिन सक्ने हो भने मुलुकभित्रै लगानी गरेर फाइदा लिन सकिने वातावरण भएको दाबी गरे । नेपालमा हस्पिटालिटीको क्षेत्रमा प्रसस्त सम्भावना भएको उल्लेख गर्दै बरु विदेशीको दक्ष जनशक्तिलाई यही रोक्नका लाग स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उनले बताए ।

कार्यक्रमको अवसरमा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवलको कालिकापथ क्षेत्रमा होटल तथा रेष्टुरेन्ट व्यवसाय बढ्दै गएको बताउँदै अब यस ठाउँलाई रात्रिकालिन बजारको रुपमा बिस्तार गर्नुपर्नेमा जोड दिए । संघले बुटवल उपमहानगरसहित रुपन्देहीका तिलोत्तमा नगरपालिका, सैनामैना तथा देवदह नगरपालिकासँग पनि छलफल गरी कालिकापथलाई रात्रिकालिन बजार बनाउने विषयमा पहल गरेको बताए ।

कार्यक्रममा बोल्दै संघका महासचिव अर्जुन थापा, टाइगर प्यालेसका एचआर म्यानेजर रोशन खड्का, इएल डोराडोका सल्लाहकार हरि थापा, सञ्चालक तथा निर्देशक उमंग पौडेल लगायतले बोल्दै स्वस्थकर परिकार र गुणस्तीय परिकार प्रदान गर्नुपर्नेमा जोड दिए । रेष्टुरेन्टमा करिब ३ दर्जन कर्मचारीहरुले रोजगार प्राप्त गरेका छन् ।

यस क्षेत्रमै फरक पहिचान दाबी गरिएको रेष्टुरेन्टमा नाती पुस्तादेखि बाजे पुस्तासम्म एउटै टेबलमा बसेर खान मिल्नेगरी पारिवारिक वातावरण रहेको सञ्चालकहरुको दाबी छ । स्थापना दिवसको अवसरमा विहिबार कविता पाचन कार्यक्रम आयोजना गर्नुका साथै शुक्रबार र शनिबार विभिन्न म्युजिक व्याण्डहरुको प्रस्तुती रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ६ : ३६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले